नवरात्रिको दोस्रो दिन आज नवदुर्गामध्ये ब्रह्मचारिणीको पूजा एवं आराधना गरी मनाइन्छ । देवी ब्रह्मचारिणीको पूजा उपासनाले मनुष्यमा तप, त्याग, वैराग्य, सदाचार तथा संयमको वृद्धि हुने विश्वास गरिएको हामी पाउन सक्छौं । जस्तोसुकै परिस्थितिमा पनि उसको मन कर्तव्य पथबाट बिचलित हुँदैन र उसले देवीको कृपाद्वारा सदा सिद्धि तथा विजय प्राप्त गर्दछ भन्ने मान्यता रहेको छ ।
ब्रह्मचारिणीको अर्थ ब्रह्म (तपस्या)को आचरण गर्ने भन्ने बुझिन्छ । भगवान शंकरलाई पतिको रूपमा पाउन कठिन तपस्या गरेका कारणले नवदुर्गाको दोश्रो अवतारलाई ब्रह्मचारिणी भनिएको शास्त्रमा उल्लेख गरिएको छ । व्रह्मचारिणीलाई तपश्चारिणी पनि भनिन्छ ।
प्रकाशित मिति : शुक्रबार, असोज २२ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्