सरकारले बाढीपहिरो पीडितका लागि चाँडै राहत प्याकेज ल्याउँछ : प्रधानमन्त्री देउवा

सरकारले बाढीपहिरो पीडितका लागि चाँडै राहत प्याकेज ल्याउँछ : प्रधानमन्त्री देउवा

डडेल्धुरा
प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो पीडितहरुका लागि सरकारले चाँडै राहत प्याकेज ल्याउने बताएका छन्।

बिहीबार निरीक्षणका क्रममा सुर्खेत, डोटी, बझाङ, बैतडी हुँदै गृहजिल्ला डडेल्धुरा पुगेका देउवाले सरकारले चाँडै राहत प्याकेज ल्याउने बताएका हुन्।

देउवाले अमरगढी नगरपालिका–१ दहस्थित सैनिक ब्यारेकमा स्थानीय तहका जनप्रतिनिधि र सुरक्षा अधिकारीहरूसँग जिल्लामा बाढीपहिरो पीडितहरुका बारेमा जानकारी लिएका थिए।

देउवाले बाढीपहिरो पीडितहरुको तत्काल उद्धार गरी सुरक्षित स्थानमा व्यवस्थापन गर्न पनि गृहजिल्लाका जनप्रतिनिधिहरूलाई आग्रह गरेका छन्। प्रधानमन्त्री देउवाले पीडितहरूको व्यवस्थापन गर्न आवश्यक पर्ने बजेट संघीय सरकारले उपलब्ध गराउने आश्वासन पनि दिएका छन्।

जनप्रतिनिधिसँग ब्रिफिङ लिएपछि उनी जिल्लाकै भित्रीमधेसमा पर्ने जोगबुढाको अवस्था अवलोकन गर्न गएका छन्। देउवा जोगबुढाबाट कञ्चनपुरको महेन्द्रनगर, दोधारा, चाँदनी र कैलालीको धनगढी जानेछन्। धनगढीबाट उनी शुक्रबार काठमाडौं फर्किने कार्यक्रम छ।

प्रधानमन्त्री देउवासँग अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर पनि रहेका छन्।

आइतबारबाट परेको अविरल वर्षाका कारण सुदूरपश्चिममा ३० जनाको मृत्यु भइसकेको छ भने २४ जना अझै बेपत्ता छन्। यस्तै, बाढीपहिरोमा परेर १६ जना घाइते भएको प्रहरी तथ्यांकमा उल्लेख छ।

प्रकाशित मिति : बिहिबार, कार्तिक ४ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij