पछिल्लो २४ घण्टामा ५ सय १३ जनामा कोरोना सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ५ सय १३ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाण्डौ – पछिल्लो २४ घण्टामा पाँच सय १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट गरेको परीक्षणमा चार सय ३८ र एन्टिजेन विधिको परीक्षणमा ७५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी ६ हजार नौ सय ३१ जनाको नमूना परीक्षण गरिएको थियो । योसहित नेपालमा पीसीआर विधिबाट गरेको परीक्षणमा आठ लाख आठ हजार पाँच सय ३४ जना र एन्टिजेन विधिबाट गरेको परीक्षणमा ९३ हजार नौ सय ८० जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा आठ सय १७ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ८६ हजार ६ सय ३० जना पुगेको छ । थप आठ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । योसहित ज्यान गुमाउनेको सङ्ख्या ११ हजार तीन सय ४५ जना पुगेको छ । अहिले १० हजार पाँच सय ५९ जना सक्रिय सङ्क्रमित रहेकामा दुई सय ६८ जनाको आईसीयू र ८० जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।

पछिल्लो २४ घण्टामा ६३ हजार ७४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । योसहित पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ६५ लाख ९८ हजार पाँच सय ३० जना र एक मात्रा खोप लगाउनेको सङ्ख्या ८६ लाख पाँच हजार ५५ जना पुगेको छ ।

प्रकाशित मिति : शनिबार, कार्तिक ६ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij