बुटवल
रिक्सा मजदुर तथा व्यवसायीहरूले बुटवल उपमहानगरपालिका कार्यालय घेराउ गरेका छन् ।रिक्सा व्यवस्थापनकाे माग गर्दै उनिहरूले नगरपालिका कार्यालय घेराउ गरेका हुन् ।
मजदुरहरूकाे घेराउका कारण नगरपालिकाकाे कामकाज समेत प्रभावित भएको छ ।नगरपालिकाकाे गेटमा धर्ना दिएका कारण नगरपालिकाका कर्मचारी तथा सेवाग्राहीहरू आवतजावत गर्न पाएका छैनन् भने हाटबजार क्षेत्रको आवागमन अवरुद्ध भएको छ ।
सञ्चालन अनुमति नपाएका रिक्साहरू पनि बुटवलमा यत्रतत्र चलिरहेका कारण दर्ता भएका रिक्सा चालक तथा व्यवसायी मर्कामा परेको भन्दै नगरपालिकामा दर्ता नभएका रिक्सा चल्न राेक लगाउनुपर्ने उनिहरूकाे माग छ ।
प्रकाशित मिति : आइतबार, कार्तिक ७ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्