अमेरिकाले पठाएको एक लाख डोज फाइजर खोप नेपाल आइपुग्यो

अमेरिकाले पठाएको एक लाख डोज फाइजर खोप नेपाल आइपुग्यो

काठमाडौँ – अमेरिकामार्फत् अनुदानमा प्राप्त कोरोनाविरुद्धको फाइजर खोप नेपाल आइपुगेको छ । सोमबार बिहान एक लाख ६ सय २० मात्रा फाइजर खोप काठमाडौँ आइपुगेको हो।

कोभ्याक्स सुविधाअन्तर्गत विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)मार्फत् उक्त खोप नेपाललाई उपलब्ध गराइएको हो । उक्त खोप १२ वर्षमाथिका दीर्घरोगीलाई लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै आगामी पुषमा ६० लाख मात्रा खोप नेपाल ल्याइँदैछ।

उक्त खोप भने बालबालिकालाई लगाउने सरकारको तयारी छ । आज आएको खोप भण्डारणका लागि आवश्यक अल्ट्रा कोल्डचेन तयार पारिसकेको  सरकारले जनाएको छ।

कोभिसिल्ड, एक्स्ट्राजेनेका र भेरोसेलजस्तै फाइजर पनि एक महिनाको अन्तरमा दुई डोज लगाउनुपर्छ।

प्रकाशित मिति : सोमबार, कार्तिक ८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij