बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको वार्षिक साधारण सभा आगामी मंसिरमा हुने भएको छ । संघको सोमबार बसेको कार्यसमिति बैठकले यस अगाडि स्थगित गरिएको ६८ औं वार्षिक साधारण सभा आगामी मंसिर ६ गते सोमबार गर्ने निर्णय गरिएको संघका महासचिव बिमलराज भट्टराईले जानकारी दिनुभयो ।
संघले यस अगाडि असोज १८ गतेलाई तय गरिएको साधारण सभा जिल्ला प्रशासनले लगाएको निषेधाज्ञाको कारण स्थगित गरिएको थियो । साधारण सभा सम्पन्न गर्नको लागि यस अगाडि नै कार्यसमिति सदस्यहरुलाई बिभिन्न जिम्मेवारी प्रदान गरेको थियो । साधारण सभाको लागि हल तथा मञ्च व्यबस्थापनमा प्रकाश श्रेष्ठ, किट व्याग तथा रजिस्ट्रेसनमा दीपक चापागाई, प्रस्ताव समितिमा प्रतिक पोखरेल, खाना तथा जलपानमा आनन्द वझा, स्वागत तथा व्याचमा जमुना पौडेल तथा सदस्यता मत सर्वेक्षण तयारीको लागि संजय कलवार जयसवाललाई जिम्मेवारी प्रदान गरिएको थियो ।
संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूको अध्यक्षतामा बसेको बैठकले ति समितिहरुलाई जिम्मेवारी अनुसारका तयारीका काम गर्न समेत आग्रह गरेको छ । बैठकमा संघका सल्लाहकार तथा पूर्व अध्यक्षहरु निर्मलप्रसाद लाकौल, नवराज श्रेष्ठ, महेशमान सिंह, वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, उद्योग उपाध्यक्ष टंकप्रसाद गैरे लगायतले आ–आफ्ना धारणा सहित सुझावहरु राख्नुभएको थियो ।
प्रकाशित मिति : सोमबार, कार्तिक ८ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्