भैरहवा, नेपाल तरुण दलले ६८ औं स्थापना दिवसको अवसरमा बुधबार विभिन्न कार्यक्रम गरि मनाएको छ । यसै क्रममा तरुण दल सिद्दार्थनगर समितिले स्थापना दिवसको अबसरमा खाद्यान्न बितरण गरेको छ । तरुण दलले सिद्दार्थ नगर ३ मा रहेको नब यात्रा लागुऔसध पुनर्स्थापना केन्द्रमा खाधान्न बितरण गरेको हो ।
तरुण दल सिद्दार्थ नगरका सभापती दिपेन्द्र बुढापृतिको सभा पातित्व, नेपाली काङ्ग्रेस रुपन्देहिका कोषाध्यक्ष दिपक क्षेत्री न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सविधानसभा सद्स्य जयतुन निसा, नेपाली काङ्ग्रेस रुपन्देहिका सदस्य सुरेन्द्रजग थापा, क्षेत्र न ३ का सचिब सुशील गुरुङ, लेखनाथ भट्टराई, तरुण दल रुपन्देहिका अध्यक्ष सोमबहादुर गुरुङ , नगर सभापती कोशिस बहादुर खड्का, मिलन बिस्वकर्मा, कुशल कुमार उपाध्याय लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले स्थापना दिवसमा तरुण दलले रचनात्मक काम गरेको भन्दै प्रशंसा गरेका थिए ।
प्रकाशित मिति : बुधबार, कार्तिक १० २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्