अबको ६ महिनाभित्र सबै नेपालीले कोभिडको खोप पाउनेगरी काम गर्न प्रधानमन्त्रीको निर्देशन

अबको ६ महिनाभित्र सबै नेपालीले कोभिडको खोप पाउनेगरी काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ – प्रधान मन्त्री शेरबहादुर देउवाले अबको ६ महिनाभित्र सबै नेपालीलाई कोरोनाको खोप लगाइसक्ने लक्ष्य पूरा गर्नेतर्फ केन्द्रित हुन निर्देशन दिएका छन् ।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको बैठकमा बिहीबार प्रधान मन्त्री देउवाले खोप लगाउने उमेर समूहका सबै नागरिकलाई खोप लगाउने व्यवस्था गर्न निर्देशन दिएको बैठकमा सहभागी एक सरकारी अधिकारीले जानकारी दिए । उनले दातासँग मागेर मात्र नपुग्ने भए सरकारले किनेरै पनि सबै नागरिकलाई नि:शुल्क खोप लगाउने व्यवास्था गर्नेगरी काम गर्न निर्देशन दिएका हुन् ।

केन्द्रको यो पहिलो बैठक भएकाले केन्द्रको जनशक्ति व्यवस्थापन र संगठन संरचनासम्बन्धी प्रस्ताव स्वीकृत गर्नुका साथै नेपाल र अन्य देशमा कोरोना संक्रमणको अवस्था, जोखिम, खोप आयात व्यवस्थापन र सरकारी लक्ष्य प्राप्त गर्न थालिहाल्नुपर्ने कामका विषयमा छलफल भएको ती अधिकारीले जानकारी दिए ।

नेपालमा अहिलेसम्म जनसंख्याको ३४ प्रतिशतले कोभिड खोपको पहिलो डोज र २२ प्रतिशतले दुवै डोज लगाएका छन् ।

प्रकाशित मिति : बिहिबार, कार्तिक ११ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij