चाैबीस घण्टामा ५४९ संक्रमित थपिए, ५६९ जना डिस्चार्ज

चाैबीस घण्टामा ५४९ संक्रमित थपिए, ५६९ जना डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो चाैबीस घण्टामा ५४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांकमा नौ हजार ७४६ जनामा कोरोना परीक्षण गर्दा ५४९ जनामा संक्रमण पाइएको हो ।

आज थपिएकासँगै देशभर सक्रिय संक्रमित १० हजार १५१ जना रहेका छन् । ५०० भन्दा बढी संक्रमित भएका जिल्ला चार र २०० भन्दा बढी संक्रमित भएका जिल्ला नौ रहेका छन् ।

५०० भन्दा बढी संक्रमण हुने जिल्लामा काठमाडौं, ललितपुर, भक्तपुर र कास्की रहेका छन् । संक्रमण दर १८।५ प्रतिशत रहेको छ । सङ्क्रमित शून्य रहेका जिल्ला मुगु मात्र रहेको छ ।

पछिल्लो २४ घण्टामा ५६९ जनाले सङ्क्रमणमुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या सात लाख ९० हजार ३५८ पुगेको छ । नेपालमा संक्रमणमुक्त हुने दर ९७‍.३ प्रतिशत रहेको छ ।

यसैगरी आज कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट ११ हजार ३८८ जनाको मृत्यु भइसकेको छ । होम आइसोलेसन नौ हजार ३७९, संस्थागत आइसोलेसनमा ७७२, सघन उपचार कक्ष (आइसियु)मा २४२ र भेन्टिलेटरमा ७८ जना रहेका छन् ।

प्रकाशित मिति : शुक्रबार, कार्तिक १२ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij