नेपालमा कोरोना संक्रमण निको हुने दर ९७.४ प्रतिशत पुग्यो

नेपालमा कोरोना संक्रमण निको हुने दर ९७.४ प्रतिशत पुग्यो

काममाडौं – नेपालमा कोरोना भाइरस संक्रमण निको हुने दर ९७ दशमलव ४ प्रतिशत पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ७ लाख ९१ हजारर ७८७ पुगेको छ । गत चौबीस घण्टामा देशभरका अस्पतालहरुबाट थप ५१८ जना कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् ।

त्यस्तै गत चौबीस घण्टामा थप ४०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुबाट ५ हजार ७३१ जनाको पीसीआर परीक्षण गर्दा ३७६ र २ हजार १६८ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३२ जना गरि कुल ४०८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ८ लाख १२ हजार ५७० र एन्टीजेन विधिबाट ९४ हजार ५३५ पुगेको छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ९ हजार ३७६ मा झरेको छ ।

त्यस्तै गत चौबीस घण्टामा कोरोना भाइरस संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या ११ हजार ४०७ पुगेको छ ।

प्रकाशित मिति : आइतबार, कार्तिक १४ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij