थप ५३३ जनामा कोरोना‚ ४९० संक्रमणमुक्त

थप ५३३ जनामा कोरोना‚ ४९० संक्रमणमुक्त

काठमाडौँ । नेपालमा सोमबार थप ५ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ७ हजार ४ सय ६८ पीसीआर परीक्षणका क्रममा ४ सय ४१ जना र ४ हजार १ सय ९६ एन्टीजेन परीक्षणका क्रममा ९२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७ हजार ६ सय ३८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ९ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ४ सय १६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यस्तै थप ४ सय ९० संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ९२ हजार २ सय ७७ जना निको भएका छन् ।

हाल ९ हजार ३ सय १८ सक्रिय संक्रमित आइशोलेशन र ११८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : सोमबार, कार्तिक १५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij