केन्द्रीय सुरक्षा समितिकोे अनौपचारिक बैठक : भिडभाड कम गर्न आग्रह

केन्द्रीय सुरक्षा समितिकोे अनौपचारिक बैठक : भिडभाड कम गर्न आग्रह

काठमाडाैं – केन्द्रीय सुरक्षा समितिकोे अनौपचारिक बैठकले चाडबाडका समयमा भिडभाड बढ्न सक्ने भएकाले कोभिड–१९ को जोखिमबाट बच्न स्वास्थ्य र सुरक्षाका मापदण्डलाई व्यवस्थितरूपमा कार्यान्वयन गराउने निर्णय गरेको छ ।

कार्यबाहक प्रधानमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा आज सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको बैठकले सबै सम्बन्धित मन्त्रालय र निकायलाई मापदण्डलाई थप सजगताका साथ पालना गराउन आग्रह गर्ने विषयमा छलफल भएको मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि निरौलाले जानकारी दिए ।

उनले लापरबाही गर्दा कोभिड बढेका विगतका अनुभवबाट पाठ सिक्नुपर्ने जनाउँदै हाल निषेधाज्ञा वा कुनै आदेश जारी भने नहुने बताए ।

बैठकमा रक्षामन्त्री डा. मीनेन्द्र रिजाल, परराष्ट्रमन्त्री डा. नारायण खड्का, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, सामान्य प्रशासन तथा संघीय मामिलमन्त्री राजेन्द्र श्रेष्ठ, विभिन्न मन्त्रालयका सचिव र सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति थियो ।

facebook sharing buttonShare

प्रकाशित मिति : सोमबार, कार्तिक १५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij