काठमाण्डाै – आज बुधवार तेस्राे दिन पनि कोरोना सङ्क्रमण दर पाँच प्रतिशतभन्दा कम भएको छ । पछिल्लो २४ घण्टामा नौ हजार नौ सय १३ जनाको नमुना परीक्षण गर्दा चार दशमलव पाँच शून्य प्रतिशत अर्थात् चार सय ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
हिजाे मङ्गलवार र अस्ति साेमवार पनि नेपालमा नमुना परीक्षण गरिएकामध्ये पाँच प्रतिशतभन्दा कममा सङ्क्रमण पुष्टि भएकाे थियाे ।
योसहित नेपालमा पीसीआर विधिबाट गरेको परीक्षणमा आठ लाख १३ हजार आठ सय २८ जना र एन्टिजेन विधिबाट गरेको परीक्षणमा ९४ हजार सात सय २६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा चार सय ३९ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ९३ हजार दुई सय ७१ पुगेको छ ।
यही अवधिमा सात जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । योसहित कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार चार सय ३४ पुगेको छ । अहिले नेपालमा नौ हजार एक सय २३ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा ९७ हजार ७० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । योसहित नेपालमा ७३ लाख ८१ हजार दुई सय दुई जनाले कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् भने ८७ लाख १९ हजार नौ सय ९५ जनाले कम्तीमा एक मात्रा खोप लगाएका छन् ।
प्रकाशित मिति : बुधबार, कार्तिक १७ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्