फाइजर खोप खरिद प्रक्रिया अघि बढेको छ : स्वास्थ्य मन्त्रालय

फाइजर खोप खरिद प्रक्रिया अघि बढेको छ : स्वास्थ्य मन्त्रालय

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले किशोर–किशोरीलाई लक्ष्य गरेर नेपाल सरकारले फाइजरको ६० लाख मात्रा खोप खरिद गर्ने प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

विश्व बैंकको सहयोगमा फाइजरको ६० लाख मात्रा खोप खरिद गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयारी गरेको र यससम्बन्धी फाइल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने तयारीमा रहेको मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कोभिड–१९ महामारीको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले उच्च प्राथमिकता दिँदै आएको र कोरोनाविरुद्धको खोप अभियान पनि सञ्चालन गर्दै आएको बताउँदै प्रवक्ता डा. पौडेलले आज विज्ञप्ति प्रकाशन गरेर खोप खरिद पक्रिया मन्त्रिपरिषद्मा नरोकिएको स्पष्ट पारेका छन् ।

साथै सो विज्ञप्तिमा खोप खरिद प्रक्रिया रोकिएको भन्ने समाचारमा कुनै सत्यता नरहेको पनि स्पष्ट गरिएको छ ।

No description available.

प्रकाशित मिति : बिहिबार, कार्तिक १८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij