नेपालमा काेराेनाका सक्रिय सङ्क्रमितकाे सङ्ख्या ८ हजारभन्दा तल झर्‍याे

नेपालमा काेराेनाका सक्रिय सङ्क्रमितकाे सङ्ख्या ८ हजारभन्दा तल झर्‍याे

काठमाण्डाै – नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या आठ हजारभन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा थप पाँच सय ६३ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार सात सय १३ जनामा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि सक्रिय सङ्क्रमितको सङ्ख्या आठ हजारभन्दा तल झरेको यो पहिलो पटक हो । नेपालमा अहिलेसम्म सात लाख ९५ हजार तीन सय ९७ जना कोरोनाबाट निको भएका छन् ।

यस्तै २४ घण्टामा थप एक सय ४३ जनामा सङ्क्रमण पुष्टि भएको छ । दुई हजार तीन सय ३३ जनाको नमुना परीक्षण गर्दा ६ दशमलव १२ अर्थात् एक सय ४३ जनामा सङ्क्रमण देखिएको हो ।

आज थपिएकासहित नेपालमा पीसीआर विधिबाट गरेको परीक्षणमा आठ लाख १४ हजार पाँच सय ५८ जना र एन्टिजेन विधिबाट गरेको परीक्षणमा ९४ हजार आठ सय १७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यही अवधिमा नाै जना सङ्क्रमितकाे ज्यान गएकाे छ । याेसहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार चार सय ४८  पुगेको छ ।

हिजाे शनिवार तिहारकाे भाइटीका परेकाले पछिल्लो २४ घण्टामा कोरोनाविरुद्धको खोप लगाएको विवरण प्राप्त नभएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : आइतबार, कार्तिक २१ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij