काठमाडौं – नेपालमा गत चौबीस घण्टामा थप २९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ७७७ जनाको पीसीआर परीक्षणमा २७१ र १ हजार १९५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २५ जना गरि कुल २९६ जनामा कोरोना पुष्टि भएको हो । हाल देशभर ७ हजार ५३९ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै, गत चौबीस घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या ११ हजार ४९४ पुगेको छ ।
त्यस्तै, सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट थप ३६९ जना कोरोना संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त भइ डिस्चार्ज हुनेको कुल संख्या ७ लाख ९९ हजार ५४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । निको हुने दर ९७ दशमलव ७ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।
प्रकाशित मिति : शुक्रबार, मंसिर ३ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्