जनताको घर आगनमा राहातका साथ जनउत्थान लघुवित्त

जनताको घर आगनमा राहातका साथ जनउत्थान लघुवित्त

बुटवल -जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले कार्तिक महिनामा आएको बेमौसमी वर्षाका कारण क्षति ब्योहोर्नु परेका समुह सदस्यहरुलाई राहत वितरण गरेको छ । वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नं. ७, मा अवस्थित शाखा कार्यालय रैकवारविचवामा आवद्ध करीव ७०० जना, कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिकामा अवस्थित शाखा कार्यालय लालझाडीमा आवद्ध करीव ५०० जना र बर्दिया जिल्लाको गेरुवा गाउपालिकामा अवस्थित शाखा कार्यालय शान्तिबजारमा आवद्ध ४८ जना गरी १२४८ जना समुह सदस्यहरुलाई मिति २०७८÷०८÷५, ६ र ७ गते छुट्टा छुट्टै स्थानमा औपचारिक कार्यक्रम गरी करीव २५ लाख बराबरको चामल २५ किलो, दाल २ किलो, तेल र नुन सहित वितरण गरेको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत श्रीराम पोख्रेलले जानकारी दिनुभयो ।
तिन वटा फरक फरक स्थानमा भएको औपचारिक कार्यक्रम वित्तीय संस्थाका सञ्चालक समिति अध्यक्ष बाबुराम बिश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको थियो भने शाखा कार्यालय रैकवारविचवामा भएको कार्यक्रममा नेपाल राष्ट्र बैंक, धनगढीका प्रमुख सुवास चन्द्र घिमिरे, शाखा कार्यालय लालझाडीमा भएको कार्यक्रममा लालझाडी गाउँपालिकाका अध्यक्ष मदन सेन बडायक र शाखा कार्यालय शान्तिबजारमा भएको कार्यक्रममा बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनार को प्रमुख आतिथ्यता र जनप्रतिनिधि, पत्रकार, स्थानीय महानुभावहरुको उपस्थिती रहेको थियो ।
राहात वितरण कार्यक्रममा बोल्दै वित्तीय संस्थाका सञ्चालक समितिका अध्यक्ष बाबुराम बिश्वकर्माले सामाजिक भावका साथ बेमौसमी वर्षाका कारण क्षति व्यहोर्नु परेका संस्थामा आवद्ध समुह सदस्यहरुलाई स्थानीय निकाय सँगको समन्वयमा थोरै भए पनि राहात प्रदान गर्ने उदेश्यले समुह सदस्य माझ राहात वितरण गरिएको र वित्तीय संस्थाले विगतमा पनि विभिन्न किसिमका सामाजिक उत्तरदायित्व अन्तर्गत क्रियाकलापहरु गर्दै आइरहेको र आगामी दिनमा समेत यस्ता किसिमका क्रियाकलापहरुलाई निरन्तरता दिइने बताउनु भयो । घ श्रेणीको वित्तीय संस्थाले समेत यस्ता कार्यक्रम राहात प्रदान गरि सन्देश प्रवाह गर्न खोजिएको र अरु संस्थाहरुले समेत सहयोग गर्नु पर्ने व्यक्त गर्नुभयो ।
वित्तीय संस्थाले पर्सा देखि कञ्चनपुर सम्मका १९ वटा जिल्लाहरुमा ३९ वटा शाखा कार्यालय विस्तार गरि करिव ४७ हजार न्यून तथा मध्यम आय भएका वित्तीय सेवाको पहुँचबाट बञ्चित रहेका विपन्न, समाजमा पछाडी परेका र पारीएका समुदायमा वित्तीय सेवा पु¥याई आएको र समुदायमा रहेको शिप र परम्परागत पेशालाई लक्षित गरी लगानी प्रवद्र्धन गर्दै आइरहेको छ ।

 

 

प्रकाशित मिति : मंगलबार, मंसिर ७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij