JanataToday.com

Advertisment

SKIP THIS

सिरसिरे र सुमेरु सहकारीमा नेतृत्व चयन

सिरसिरे र सुमेरु सहकारीमा नेतृत्व चयन

 

बुटवल-बुटवलमा सञ्चालित सिरसिरे बचत तथा ऋण सहकारी र तिलोत्तमा नगरपालिका वडा नम्बर १ शंकरनगरमा संचालित सुमेरु बचत तथा ऋण सहकारी संस्थामा नयां नेतृत्व चएन भएको छ । सिरसिरे बचत तथा ऋण सहकारीको एघारौं साधारण सभा तथा चौथौ अधिवेशनले गोविन्द सुवेदी अध्यक्ष रहेको नयां कार्यसमिति चयन गरेको हो। जसको उपाध्यक्षमा रामकृष्ण शर्मा, सचिव टेकराज शर्मा, कोषाध्यक्ष शिवलाल पौडेल रहेका छन्। त्यस्तै सदस्यहरुमा मञ्जु कंडेल, पाण्डे, दीवक वस्याल र विष्णु पन्थ सर्वसम्वत रुपमा चयन भएका छन । यस अघि अध्यक्ष बाबुराम गौतमको अध्यक्षता र सचिव रामकृष्ण शर्माको सञ्चालनमा एघारौ साधारण सभा तथा चौथौ अधिवेशनको कार्यक्रम भएको थियो । त्यस अवसरमा बोल्दै सहकारी अभियान्ता डाक्टर खगराज शर्माले सहकारीहरुले राज्यको कानुन पालना गर्नुपर्ने बताउनु भयो । त्यस्तै तिलोत्तमा नगरपालिका वडा नम्बर १ शंकरनगरमा संचालित सुमेरु बचत तथा ऋण सहकारी संस्थाको छैठौ अधिबेशनवाट नित्यानन्द ज्ञवालीको अध्यक्षतामा १३ सदस्यीय नयाँ समिति चयन भएको निर्वाचन समितिका संयोजक अर्जुन ज्ञवालीले बताउनु भयो । समितिको उपाध्यक्षमा लोकनाथ ज्ञवाली, सचिवमा यज्ञ ज्ञवाली कोषाध्यक्षमा आत्माराम पन्थी, र सह सचिवमा विन्दु देवि भण्डारी चयन हुनु भएको छ । समितिको सदस्यमा हेम बहादुर थापा, गोमा गैरे ज्ञवाली, रुक्मागत पोखरेल , राजु ज्ञवाली, रुद्ध प्रसाद ज्ञवाली, तारापति ज्ञवाली , सरस्वती ज्ञवाली र सुरेश ज्ञवाली रहनु भएको छ । संहकारीका अध्यक्ष त्रिलोचन ज्ञवालीको अध्यक्षतामा कार्यक्रम भएको थियो । नव निर्वाचितहरुलाई एक कार्यक्रमका बीच पद तथा प्रमाणपत्र प्रदान गरिएको छ ।

 

प्रकाशित मिति : आइतबार, मंसिर १९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij