चौबीस घण्टामा थप ३१५ जनामा संक्रमण पुष्टि, ३०४ डिस्चार्ज

चौबीस घण्टामा थप ३१५ जनामा संक्रमण पुष्टि, ३०४ डिस्चार्ज

काठमाडौं – नेपालमा पछिल्लो चौबीस घण्टामा थप ३१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुबाट ९ हजार ३८६ जनाको पीसीआर परीक्षण गर्दा २७२ र २ हजार ४२४ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ४३ जना गरि कुल ३१५ जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ६ हजार ३५२ रहेको छ ।

त्यस्तै, नेपालमा पछिल्लो चौबीस घण्टामा थप ३०४ कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज हुनेको कुल संख्या ८ लाख ५ हजार २०५ पुगेको छ । नेपालमा हाल संक्रमण निको हुने दर ९७ दशमलव ८ प्रतिशत रहेको छ ।

त्यस्तै, नेपालमा पछिल्लो चौबीस घण्टामा थप २ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ११ हजार ५४५ पुगेको छ । त्यस्तै, नेपालमा पछिल्लो चौबीस घण्टामा थप १ लाख २७ हजार ७३५ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

प्रकाशित मिति : मंगलबार, मंसिर २१ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij