भारतकी हरनाज सन्धुले जितिन् मिस युनिभर्स-२०२१ को उपाधि

भारतकी हरनाज सन्धुले जितिन् मिस युनिभर्स-२०२१ को उपाधि

काठमाडौं – भारतकी सुन्दरी हरनाज कौर सन्धुले ७० जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस युनिभर्स-२०२१ को ताज जितेकी छन् ।

सोमबार इजरायलको इएलाटमा आयोजित ७०औं मिस युनिभर्स प्रतियोगिताको फाइनलमा पाराग्वे र दक्षिण अफ्रिकाका सुन्दरीलाई पछि पार्दै सन्धुले मिस युनिभर्सको ताज पहिरिन सफल भएकी हुन् ।

सन्धु भारतको पञ्जाबस्थित चण्डीगढकी बासिन्दा हुन् । २१ वर्षीया सन्धु मिस युनिभर्स बन्ने तेस्रो भारतीय सुन्दरी हुन् ।

मिस युनिभर्समा भाग लिनु पहिला उनले फिल्म क्षेत्रमा समेत काम गरेकी छन् । उनी अभिनित पञ्जाबी फिल्म ‘भाइ जी कुटाङ्गे’ र ‘यारा गियान पू बरम’ आगामी वर्ष रिलिज हुँदैछन् ।

योसँगै भारतले २१ वर्षपछि मिस युनिभर्सको उपाधि जितेको छ । यसअघि सन् १९९४ मा सुस्मिता सेन र २००० मा लारा दत्ताले उक्त उपाधि जितेका थिए ।

प्रकाशित मिति : सोमबार, मंसिर २७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij