JanataToday.com

Advertisment

SKIP THIS

राष्ट्रिय क्रिकेट टिमको कप्तानमा सन्दीप नियुक्त

राष्ट्रिय क्रिकेट टिमको कप्तानमा सन्दीप नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानका रूपमा सन्दीप लामिछानेलाई नियुक्त गरेको छ ।

आज बसेको क्यानको बोर्ड बैठकले नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तानबाट ज्ञानेन्द्र मल्ल र उपकप्तानबाट दीपेन्द्र सिंह ऐरीलाई पदमुक्त गर्दै सन्दीपलाई कप्तानका रुपमा नियुक्त गरेको हो ।

मल्ल र ऐरीलाई खेलाडी आचारसंहिता उल्लंघन गरेको भन्दै क्यानले पदमुक्त गर्ने निर्णय गरेको हो ।

‘नेपाल क्रिकेट संघले अनुशासन उल्लंघनसम्बन्धी गठन गरेको छानबिन समितिले गरेको सिफरिसअनुसार खेलाडी आचारसंहिता उल्लंघनमा संलग्न चार खेलाडी– ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सोपपाल कामी र कमल सिंह ऐरीलाई २०२२ को सेन्ट्रल कन्ट्र्याक्टमा सुरुको छ महिनाका लागि सहभागी नगराउने निर्णय गरेको छ’, क्यानले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : बुधबार, मंसिर २९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij