झण्डै ८ हजार नमूना परीक्षण गर्दा १ सय ८९ जनामा काेराेना पुष्टि

झण्डै ८ हजार नमूना परीक्षण गर्दा १ सय ८९ जनामा काेराेना पुष्टि

काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा एक सय ८९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी सात हजार नौ सय ९७ जनाको नमूना परीक्षण गर्दा एक सय ८९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा दुई सय ५० जना निको भएका छन् । थप दुई जनाले कोरोना भाइरसको सङ्क्रमणको कारण ज्यान गुमाएका मन्त्रालयले जनाएको छ । अहिले नेपालमा पाँच हजार चार सय २८ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् ।

नेपालमा कोरोना भाइरस विरुद्धको खोप लगाउने लक्षित समूहको ६० प्रतिशत मानिसले कम्तीमा पहिलो मात्रा खोप लगाएका छन् । सरकारले १८ वर्ष माथिको जनसंख्या एक करोड ९९ लाख २२ हजार एक सय ६४ जनालाई कोरोना विरुद्धको खोप लगाउने लक्ष्य लिएकोमा अहिलेसम्म ६० दशमलव एक प्रतिशत अर्थात एक करोड १९ लाख ७४ हजार पाँच सय ८८ जनाले कम्तीमा पहिलो मात्रा खोप लगाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै लक्षित समूहको ४८ दशमलव एक प्रतिशत अर्थात ९५ लाख ८२ हजार चार सय ९६ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । सरकारले लक्षित समूहको ५० प्रतिशत मानिसले पूर्ण मात्रा खोप लगाएपछि बुस्टर डोज लगाउन शुरु गर्ने जनाएको छ । नेपालमा अहिलेसम्म तीन करोड ५४ लाख ६६ हजार नौ सय ८० मात्रा खोप प्राप्त भएकोमा दुई करोड १५ लाख ५७ हजार ८३ मात्रा खोप प्रयोग भएको मन्त्रालयले जनाएको छ ।

सरकारले भोलिदेखि १२ वर्ष माथिका बालबालिकाहरुलाई पनि कोरोना विरुद्धको खोप लगाउँदैछ ।

प्रकाशित मिति : शनिबार, पुष ३ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij