क्रिसमसमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णय

क्रिसमसमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं – सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गरेको छ । आज मन्त्रिपरिषद्को निर्णय सुनाउँदै नेपाल सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।

त्यस्तै सरकारले क्रिसमस डेको अवसरमा पुस १० गते सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ । प्रवक्ता कार्कीका अनुसार बैठकले औद्योगिक व्यवसाय ऐन २०७६ को दफा ५ (१) बमोजिम औद्योगिक तथा लगानी प्रवर्द्धन कोष स्थापना गर्ने, विधायन व्यवस्थापनसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिने र जिल्ला सभा रुपन्देहीको जग्गा रोडी गाउँपालिकाको नाममा हक हस्तान्तरण गर्न स्वीकृत दिने निर्णयसमेत गरेको छ ।

प्रवक्ता कार्कीले भने, ‘औद्योगिक व्यवसाय ऐन २०७६ को दफा ५ (१) बमोजिम औद्योगिक तथा लगानी प्रवद्र्धन कोष स्थापना गर्ने, विधायन व्यवस्थापन सम्बन्धी विधेयक तर्जुमा गर्न, सैद्धान्तिक स्वीकृति गर्ने, क्रिसमस डेको अवसरमा २०७८ पुस १० गते सार्वजनिक बिदा दिने, संगठन तथा व्यवस्थापन सर्वेक्षणको लागि पूर्व स्वीकृति दिने, राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गर्ने, जिल्ला सभा रुपन्देहीको जग्गा रोडी गाउँपालिका नाममा हक हस्तान्तरण गर्न स्वीकृत दिने, हुलाक वस्तुको महशुल दर रेट पुनरावलोकन गर्ने, वैदेशिक द्रुत डार्क सेवा, इएमएस महशुल पुनः पुनरावलोकन गर्ने निर्णय भयो ।’

प्रवक्ता कार्कीले सरकारले हुलाक वस्तुको महशुल दर रेट पुनरावलोकन गर्ने र वैदेशिक द्रुत डार्क सेवा, इएमएस महशुल पुनः पुनरावलोकन गर्ने निर्णयसमेत गरेको बताए ।

प्रकाशित मिति : शुक्रबार, पुष ९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij