बुटवल-‘समृद्धिका लागि उद्यमशीलता’ भन्ने मुल नारासहित बुटवल–११ देवीनगरमा स्थापित उद्यमी कृषि सहकारी संस्था लिमिटेडको दोस्रो वार्षिक साधारणसभा शनिबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेशका पर्यटन, ग्रामिण तथा शहरी विकास राज्यमन्त्री रिना नेपाल विश्वकर्माको आतिथ्यता रहेको थियो । राज्यमन्त्री नेपालले बोल्दै सहकारी निर्वाहमुखी नभई व्यवसायीमुखी बन्न आग्रह गरिन् । उनले कृषि सहकारीलाई उद्यमशीलतामा जोड्दै शीपमुलक काममार्फत आर्थिक शसक्तिकरण हुने बताईन् । बुटवल उपमहानगरपालिकाका सहकारी विभाग प्रमुख गुणाखर खनालले सहकारी संस्था सञ्चालन र विकासका लागि सहकारीका सञ्चालक समिति पारदर्शी र सदस्यहरु इमान्दार र लेखा सुपरीवेक्षण समिति निष्पक्ष हुनुपर्ने बताए । सहकारीका अध्यक्ष दल बहादुर लोहागुनले आ.व. २०७७÷०७८ को वार्षिक प्रतिवेदन, लेखा सुपरीवेक्षण समिति संयोजक पदम बहादुर विकले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन र कोषाध्यक्ष अर्जुनप्रसाद रसालीले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरी सर्वसम्मतले पारित गरेको छ । २०७६ साल माघ २६ गते स्थापना भएको सहकारीमा शेयर पूजी रु ५५ लाख ४७ हजार, लगानीमा रहेको कर्जा रु १ करोड १ लाख ८१ हजार, ३ सय ३८, बचत निक्षेप रु ४७ लाख ४३ हजार, ९ सय ८१ रहेको छ भने सहकारीमा हालसम्म ३ सय १५ जना शेयर सदस्यहरु आवद्ध रहेका छन् । कार्यक्रममा परिवार सेवा समाज रुपन्देहीका अध्यक्ष एवं नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका मानार्थ सदस्य लोक बहादुर नेपाली, सम्बन्ध बहुउद्देश्यीय सहकारी संस्था लि. का सञ्चालक मिरा श्रेष्ठ, सत्मार्ग बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष हरि गहतराज, विश्वज्योति बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष जोगलाल विश्वकर्मालगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा ज्येष्ठ शेयर सदस्य दिल बहादुर आचार्य, खुमकुमारी विश्वकर्मा, असल बचतकर्ता धन बहादुर कार्की, विमला क्षेत्री, सदस्य विस्तार गर्ने शेयर सदस्य देवी पुन, लेखा समिति संयोजक पदम बहादुर विकलगायतलाई सम्मान गरिएको छ । सहकारीका अध्यक्ष दल बहादुर लोहागुनको अध्यक्षता, सहकारीका सचिव विजयविक्रम सोमरे मगरको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन सहकारीका उपाध्यक्ष भरत रसाइलीले गरेका थिए
प्रकाशित मिति : शनिबार, पुष १७ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्