काठमाडौं – नेपालमा पछिल्लो चौबीस घण्टामा थप ४३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ७१५ जनाको पीसीआर परीक्षणमा ३७० र ३ हजार ५५२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६५ जना गरि कुल ४३५ जनामा कोरोना पुष्टि भएको हो । नेपालमा हाल ५ हजार २२५ जना सक्रिय संक्रमित छन् ।
त्यस्तै, पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमित मृत्युको संख्या शून्य छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २३९ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज हुनेको कुल संख्या ८ लाख १३ हजार १७६ पुगेको छ । निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।
त्यस्तै, पछिल्लो चौबीस घण्टामा देशभर थप २ लाख ४६ हजार ३८५ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।
प्रकाशित मिति : बुधबार, पुष २१ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्