काठमाडौं – नेपालमा फेरि कोरोना भाइरस संक्रमणको ग्राफ उकालो लागेको छ । पछिल्लो समय संक्रमणदर घटेर दैनिक १ सयको हाराहारीमा झरेकोमा फेरि बढेर आज एकैदिन ९६८ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुबाट ८ हजार २७२ जनाको पीसीआर परीक्षण गर्दा ५७२ र ६ हजार ६९९ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३९६ जना गरि कुल ९६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा हाल ५ हजार ७४१ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै, नेपालमा गत चौबीस घण्टामा थप २६२ जना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ८ लाख १३ हजार ८०९ पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९७ दशमलव ९ प्रतिशत रहेको छ । त्यस्तै, गत चौबीस घण्टामा कोरोना संक्रमणका कारण कसैको मृत्यु भएको छैन ।
त्यस्तै, गत चौबीस घण्टामा थप २ लाख ६३ हजार ३७१ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।
प्रकाशित मिति : शुक्रबार, पुष २३ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्