JanataToday.com

Advertisment

SKIP THIS

सहकारीको लगानी उद्यमशीलता र स्वरोजगार सृजनामा लगाउनु पर्छ ः मुख्यमन्त्री केसी

सहकारीको लगानी उद्यमशीलता र स्वरोजगार सृजनामा लगाउनु पर्छ ः मुख्यमन्त्री केसी

  • बुटवल-लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले सहकारीहरुले उत्पादनमुलक क्षेत्रमा लगानी बृद्धि गरी उद्यमशीलता र स्वरोजगार सृजनामा महत्वपूर्ण भुमिका खेल्नु पर्ने बताएका छन । धौलागिरी बहुउद्देश्यीय सहकारीको शनिबार बुटवलमा सम्पन्न २२ औं साधारण सभामा बोल्दै मुख्यमन्त्री केसीले उत्पादनशिल क्षेत्रमा लगानी बृद्धि गरी स्वरोजगार सृजनामा लाग्नु पर्ने बताएका हुन ।
    मुख्यमन्त्री केसीले गठबन्धन सरकारले लुम्बिनी प्रदेशलाइ आत्मनिर्भर र समृद्ध प्रदेश बनाउँदै सफल संघात्मक मोडलको नतिजा दिन लागी परेको बताए । त्यसकालागि सहकारीहरुले महत्वपूर्ण भुमिका खेल्न सक्ने भन्दै उनले सहकारीहरुको नियमन,व्यवस्थापन र विकासकालागि प्रदेशले महत्पूर्ण कादम चालेको बताए । प्रदेशमा सहकारी सम्बन्धी छुट्टै मन्त्रालयको आवश्यकता समेत महशुस गरेको उनले बताए । कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका सभापती रामकृष्ण खाँणले सहकारीहरुले आम जनतालाइ उत्पादनसंग जोड्दै वित्त व्यवस्थापनमा महत्वपूर्ण भुमिका खेलेको बताए । सहकारीका संरक्षक समेत रहेका नेता खाँणले आर्थिक र सामाजिक विकास संगै नेतृत्व विकासमा समेत सहकारीहरुले महत्वपूर्ण भुमिका खेल्दै आएको बताए ।
    कार्यक्रममा सहकारीका पुर्व अध्यक्ष हरी प्रसाद पन्थ, अध्यक्ष गोविन्द खनाल, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, प्रेस युनियन रुपन्देहीका सभापती रेखा भुसाल सहकारीका सचिव देव प्रसाद खनाल लगायतले बोल्दै आर्थिक विकाससंगै समाज रुपान्तरणमा सहकारीले खेलेको भुमिकाको प्रशंसा गरे ।

प्रकाशित मिति : आइतबार, पुष २५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij