काठमाडाैँ – कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले माघ १५ सम्म विद्यालय बन्द गर्न सिफारिस गरेकाे छ । प्रवक्ता सुनिता नेपालकाअनुसार आइतबार बसेकाे सीसीएमसीकाे बैठकले माघ १५ सम्म देशभरका विद्यालय बन्द गर्न सिफारिस गरेको हो ।
यो अवधिको बिदालाई हिउँदे बिदामा बदल्न पनि सिफारिस गरिएको प्रवक्ता नेपालले जानकारी दिइन्। सीसीएमसीको यो सिफारिसका आधारमा सरकारले निर्णय गर्न भने बाँकी छ ।काेराेना संक्रमण बढेकाे भन्दै सरकारले विद्यालय बन्द गरेर जोखिम कम गर्ने नीति लिइएको हो ।
शुक्रबार मात्रै २४ जना काेराेनाभाइरसकाे ओमिक्राेन प्रजातिकाे संक्रमण देखिएकाे थियाे ।
त्यसपछि भने अवस्था हेरेर आवश्यक निर्णय लिने सीसीएमसीले जनाएकाे छ ।
प्रकाशित मिति : आइतबार, पुष २५ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्