JanataToday.com

Advertisment

SKIP THIS

टी-ट्वान्टी वर्ल्ड कप १६ अक्टोबरदेखि सुरू हुने

टी-ट्वान्टी वर्ल्ड कप १६ अक्टोबरदेखि सुरू हुने

काठमाडाैं । इन्टरनेशनल क्रिकेट काउन्सिल (आईसीसी)ले टी-ट्वान्टी वर्ल्ड कप-२०२२ को शेड्यूल जारी गरेको छ । अस्ट्रेलियामा हुने वर्ल्ड कपको उद्घाटन १६ अक्टोबरका दिन हुनेछ भने सुपर-१२ को खेल २२ अक्टोवरदेखि खेलिनेछ । जसमा अस्ट्रेलिया र न्युजील्यान्ड आपसमा भिड्ने छन् ।

यो प्रतियोगिता १३ नोमेम्भरसम्म लगभग एक महिना चल्नेछ । वर्ल्ड कपका खेलहरु मेलबर्न, सिड्नी, ब्रिस्बेन, एडिलेड, होबर्ट, पर्थ तथा गीलोन्गमा खेलिनेछ । यो प्रतियोगिताको उदघाटन खेलमा २०२१ को बिजेता श्रीलंकाले नामिबियाको सामना गर्नेछ ।

ग्रुप-‘ए’मा इंग्ल्यान्ड, न्यूजील्यान्ड, अस्ट्रेलिया, अफगानिस्तान रहेका छन् भने ग्रुप-‘बि’मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बांगलादेश रहेका छन् । फाइनल खेल भने १३ नोमेम्बर आइतबार हुने छन् भने सेमिफाइनल ९ नोमेम्भरका दिन सिड्नी तथा १० नोमेम्भरका दिन एडिलेडमा हुनेछ ।

प्रकाशित मिति : शुक्रबार, माघ ७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij