चौबीस घण्टामा ८,२६७ जना डिस्चार्ज, ५,५८३ जनामा संक्रमण पुष्टि

चौबीस घण्टामा ८,२६७ जना डिस्चार्ज, ५,५८३ जनामा संक्रमण पुष्टि

काठमाडौं -नेपालमा पछिल्लो समय संक्रमित हुनेभन्दा डिस्चार्ज हुनेको संख्या बढेको छ । गत चौबीस घण्टामा देशभरबाट थप ८ हजार २६७ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ८ लाख ७१ हजार १६५ पुगेको छ । नेपालमा कोरोना संक्रमणमुक्त हुने दर ९१ प्रतिशत रहेको छ ।

त्यस्तै, गत चौबीस घण्टामा थप ५ हजार ५८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुबाट १० हजार ७७६ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ६५७ र ६ हजार ८५८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ९२६ जना गरि कुल ५ हजार ५८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

हाल नेपालमा ७४ हजार ६५३ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति : मंगलबार, माघ १८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij