JanataToday.com

Advertisment

SKIP THIS

चार देशीय क्रिकेट शृंखला : नेपाल युएईसँग २५ रनले पराजित

चार देशीय क्रिकेट शृंखला : नेपाल युएईसँग २५ रनले पराजित

काठमाडौं – नेपाल यूएईसँग २५ रनले पराजित भएको छ । चार देशीय शृंखलाको दोस्रो खेलमा शनिबार दिउँसो यूएईले दिएकोे १ सय ९३ रनको लक्ष्य नेपालले पूरा गर्न नसक्दा पराजित भएको हो ।

लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १६७ रन मात्रै बनाउन सक्यो । टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ९२ रनको लक्ष्य दिएको थियो ।

नेपालका दीपेन्द्र सिंह ऐरीले ४१ रन, आसिफ शेखले २४ रनको योगदान दिए । यस्तै यूएईका रोहन मुस्तफाले दुई, कासिफ दाउदले दुई र जुनैद सिद्धिकीले एक विकेट लिएका थिए । नेपालका शहाब आलम, आरिफ शेख र कप्तान सन्दीप लामिछानेले १–१ विकेट लिन सफल भए । पहिलो खेलमा नेपालले हिजो शुक्रबार ओमानलाई ६ विकेटले हराएको थियो ।

प्रकाशित मिति : शनिबार, माघ २९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij