नृत्य दिवसमा सहभागी हुन लुम्बिनी प्रदेशका ५३ जना कलाकारको टोली काठमाडौंतर्फ

नृत्य दिवसमा सहभागी हुन लुम्बिनी प्रदेशका ५३ जना कलाकारको टोली काठमाडौंतर्फ

बुटवल-राष्ट्रिय नृत्य दिवसमा सहभागी हुन लुम्बिनी प्रदेशका कलाकारको टोली बिहीबार काठमाडौं गएको छ । नृत्य निर्देशक संघ नेपाल र मध्यपुर ठिमी नगरपालिकाको सहकार्यमा शुक्रबार राष्ट्रिय नृत्य दिवस मनाइदै छ । दिवसका अवसरमा ऐतिहासिक सांस्कृतिक कार्यक्रम गरिने संघले जानकारी दिएको छ ।
नृत्य दिवसमा सहभागिताका लागि लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट नृत्य निर्देशक सहित ५३ जना कलाकारको टोली काठमाडौं गएको हो । जसमा २८ जना पुरुष र २५ जना महिला छन् । अर्घाखाँचीबाट ६ जना, कपिलवस्तुबाट ७ जना, बुटवल नगर कमिटीबाट ८ जना, रुपन्देही जिल्ला शाखाबाट १० जना, दाङबाट ७ जना, पाल्पाबाट १० जना र बर्दियाबाट दुईजना कलाकार दिवसमा सहभागी हुन काठमाडौं गएका हुन् ।
त्यस्तै पर्यवेक्षकको रुपमा संघका प्रदेश सल्लाहकार चिरन बराल र रुपन्देही शाखाकी प्रेस सल्लाहकार मनु गुरुङले सहभागिता जनाउने भएका छन् । नृत्य निर्देशक संघ लुम्बिनी प्रदेश अध्यक्ष लोकेन्द्र श्रेष्ठले शुक्रबार आयोजित नृत्य दिवसका अवसरमा सांस्कृतिक कार्यक्रम गर्न लागिएको बताए ।

प्रकाशित मिति : बिहिबार, फाल्गुन ५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij