काठमाडौं – आईसीसी टी-२० ग्लोबल क्वालिफायरअन्तर्गत समूहको आफ्नो दोस्रो खेलमा नेपालले आज फिलिपिन्ससँग खेल्दैछ ।
ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा यो खेल नेपाली समयअनुसार बिहान पौने १२ बजेदेखि सुरु हुनेछ ।
यसअघि पहिलो खेलमा शुक्रबार घरेलु टोली ओमानलाई ३९ रनले हराएको नेपालका लागि आजको खेल तुलनात्मक रुपमा सहज हुनसक्छ । ग्लोबल क्वालिफायरको नवआगन्तुक टोली फिलिपिन्सले शुक्रबार क्यानडासँग ११८ रनको हार ब्यहोरेको थियो ।
फिलिपिन्सलाई हराउन सकेमा नेपालले सेमिफाइनल यात्रा लगभग निश्चित गर्नेछ । नेपाल र फिलिपिन्सबीच खेल भएकै समयमा यही समूहका क्यानडा र ओमानबीच पनि खेल हुनेछ । नेपाल र क्यानाडाले आआफ्नो खेलमा आफू अनुकूल नतिजा निकालेका अवस्थामा यो समूहबाट सेमिफाइनलमा पुग्ने टोलीको टुंगो आजै लाग्नेछ ।
प्रकाशित मिति : शनिबार, फाल्गुन ७ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्