काठमाडौं ।
नेपाल आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए को सेमिफाइनलमा प्रवेश गरेको छ ।
ओमानको अल अमेरातमा सोमबार क्यानडालाई ८ विकेटले हराउँदै नेपाल अन्तिम चारमा पुगेको हो ।
क्यानडालाई हराएसँगै छनोटको समूह ‘बी’ मा रहेको नेपाल समूह विजेता बन्यो । नेपालले ३ खेलमा ३ जितसहित ६ अंक जोड्यो ।
ओमान ३ खेलमा ४ अंक जोडेर समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । क्यानडा र फिलिपिन्स बाहिरिएको छ ।
अब नेपालले सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता युएईसँग भोलि मंगलबार खेल्नेछ। यस्तै ओमानले ‘ए’ को विजेता आयरल्याण्डसँग खेल्नेछ ।
फाइनल प्रवेश गर्ने टोली अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको लागि छनोट हुनेछन् ।
क्यानडाले दिएको ८१ रनको सामान्य लक्ष्य नेपालले १४ ओभर १ बलमा २ विकेट गुमाएर पूरा गर्यो ।
नेपालको जितमा कुशल भुर्तेलले अविजित ३४ रन जोड्दा दिपेन्द्र सिंह ऐरीले अविजित रहदै २७ रन बनाए ।
आशिफ शेख १७ तथा कुशल मल्ल सुन्य रनमा आउट भए । क्यानडाका कलिम साना र सलमान नाजरले एक एक विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको क्यानाडाले १५ ओभरमा अलआउट हुदै ८० रन बनाएको थियो । क्यानाडाका डिलोन हेलिगरले सर्वाधिक २४ रनको योगदान गरे । कप्तान नभनित धलिवालले १८ रन जोडे । रयान पठानले १४ रनको योगदान गरे ।
नेपालका कप्तान सन्दीप लामिछानेले १२ रन खर्चिएर सर्वाधिक ३ विकेट लिए । अविनाश बोहरा र कमल सिंह ऐरीले दुई–दुई विकेट हात पारे । कुशल मल्लले एक विकेट लिए ।
प्रकाशित मिति : सोमबार, फाल्गुन ९ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्