बुटवल
शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि. बुटवलले १४ औं वार्षिकोत्सवको अवसरमा निशुल्क दन्त शिविर गरेको छ । बैंकको प्रधान कार्यालय बुटवल कालिकानगरमा सोमबार भएको शिविरमा स्थानीय, बैंकका सेवाग्राही र कर्मचारी समेत एक सय ५० जनाले दांतको चेकजांच गरेका थिए ।
शिविरको उद्घाटन गर्दै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लोकराज पनेरुले बैंकले समाजिक उत्तरदायित्व अन्तर्गत निशुल्क दन्त शिविर गरिएको बताए । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि थुप्रै कामहरु गरेको उनले उल्लेख गरे ।
बैंककी प्रमुख सञ्चालन अधिकृत एवं डिजिटल बैंकिङ हेड नम्रता थापाको सञ्चालनमा भएको शिविरमा आधुनिक समाज डेन्टल केयर प्रालिको प्राविधिक सहयोग रहेको थियो । बैंकको १४औं वार्षिकोत्सव फागुन ११ गते विशेष कार्यक्रम सहित गरिने बैंकले जनाएको छ ।
प्रकाशित मिति : सोमबार, फाल्गुन ९ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्