तनाव नबढाउन रुस र युक्रेनलाई नेपालको आग्रह

तनाव नबढाउन रुस र युक्रेनलाई नेपालको आग्रह

काठमाण्डाै – नेपालले रुस र युक्रेनलाई तनाव नबढाउन आग्रह गरेको छ । रुस–युक्रेनबीचको तनावलाई लिएर नेपाल सरकारले आफ्नो धारणा सार्वजनिक गर्दै युक्रेनमा विकशित पछिल्लो घटनाक्रमलाई नजिकबाट नियालिरहेको जनाएको छ । साथै तनाव नबढाउन सबै पक्षलाई अधिकतम संयमता अपनाउन पनि आग्रह गरेको छ ।

संयुक्त राष्ट्र सङ्घ सदस्य नेपालले संयुक्त राष्ट्रको बडापत्रमा उल्लेखित सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताका सिद्धान्त सबै सदस्य देशले पूर्ण पालना र सम्मान गर्नुपर्नेमा जोड दिएको छ ।

परराष्ट्र मन्त्रालयले आज बिहीवार विज्ञप्ति निकालेर युक्रेनको डोनेट्स्क र लुहान्स्क क्षेत्रलाई स्वतन्त्र राज्यका रूपमा मान्यता दिनु संयुक्त राष्ट्र सङ्घको बडापत्रको प्रावधानको विपरीत रहेको उल्लेख गरेको छ ।

‘नेपालले कुनै पनि परिस्थितिमा सार्वभौमसत्ता सम्पन्न देशविरुद्ध कुनै पनि शक्तिको प्रयोगको विरोध गर्दछ र साथै कुटनीति र संवादबाट विवादको शान्तिपूर्ण समाधानमा विश्वास गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

 

 

प्रकाशित मिति : बिहिबार, फाल्गुन १२ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij