काठमाडौँ – अभिनेता पल शाह प्रहरीसमक्ष उपस्थित भएका छन् । बलात्कारको उजुरी परेपछि केही दिनदेखि सम्पर्कविहीन भएका उनी आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएका हुन् । शाह कार्यालयमा आएको जिल्ला प्रहरी तनहुँले पुष्टि गरेको छ।
यसअघि शाहले फेसबुकबाट आफु आजै प्रहरीमा उपस्थित हुने बताएका थिए । एकजना नाबालिग गायिकाले जबरजस्ती करणीको आरोप लगाउँदै गत बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा पल शाहविरुद्ध जाहेरी दिएकी थिइन् ।
उनलाई उनकै साथीहरूले लगेर प्रहरीकोमा छाडेकाे बताइएको छ । पलले प्रहरीमा आउन ढिलो भएकोमा माफी मागेका छन् । ‘घर व्यवहार मिलाउनु पर्ने थियो । स्वास्थ्य अवस्था पनि कमजोर थियो । त्यसैले ढिलो भयो’, उनले भने, ‘प्रहरीमा पुगेपछि गाह्रो हुन्छ । किनकी घरको अभिभावक नै मै हुँ ।’
प्रकाशित मिति : आइतबार, फाल्गुन १५ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्