काठमाण्डाै – सुनको भाउ एकै दिन १९ सय रुपैयाँ बढेको छ । आज सुनको भाउ ९९ हजार ५ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो सुनको भाउ ९७ हजार ६ सय रुपैयाँ थियो । रुस र युक्रेनबीच भइरहेको युद्धको प्रभाव सुनको बजारमा पनि परेको छ । सुनमा गरिएको लगानीलाई सुरक्षित मानिने हुँदा संकट परेका बेला धेरैले सुनमा लगानी गर्छन् । यसले गर्दा सुनको माग बढी हुन्छ । यसको असर बजारमा पर्ने महासंका पूर्व अध्यक्ष तेजरत्न शाक्य बताउनु हुन्छ ।
यस्तै, अमेरिका लगायत पश्चिमा राष्ट्रले रुसमाथि प्रतिबन्ध लगाएका कारण पनि भाउ बढेको उहाँको भनाइ छ । यस्तै, आज चाँदी पनि तोलामा ४० रुपैयाँले बढेर १३ सय ७५ रुपैयाँ पुगेको छ ।
प्रकाशित मिति : बुधबार, फाल्गुन १८ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्