काठमाडौं – नेपालमा गत चौबीस घण्टामा थप १०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालहरुबाट २ हजार ४४८ जनाको पीसीआर परीक्षण गर्दा ७० र २ हजार ४७६ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३५ जना गरि कुल १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ७ हजार ५१७ रहेको छ ।
त्यस्तै, नेपालमा गत चौबीस घण्टामा थप ३२० जना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ९ लाख ५७ हजार ८०८ पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९८ प्रतिशत पुगेको छ ।
त्यस्तै, गत चौबीस घण्टामा थप ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या ११ हजार ९४४ पुगेको छ ।
त्यस्तै, गत चौबीस घण्टामा देशभर थप १ लाख २४ हजार ७८८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
प्रकाशित मिति : बिहिबार, फाल्गुन १९ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्