रुपन्देहीमा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्रगत बिहिवार भएको डिभिजन बी काे खेलमा शंकरनगर क्रीकेट क्लबले गोर्खा क्रीकेट क्लबलाई १० विकेटले हराउदै जित हासिल गरेको छ । भैरहवाकाे सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङमा आएको गोर्खा क्रीकेट क्लबले ५० ओभरको खेलमा १५ ओभरकाे खेल्दै सबै विकेट गुमाउदै ६४ रनमै समेटिएको थियोे । गोर्खाका लागि युवराज सुवेदीले १० रन बनाए पनि अन्य ब्याट्स म्यानले दोहोरो अंक जोड्न सकेनन् । बलिङमा शंकरनगरका जगत क्षेत्रीले ४ सिरज घिमिरे र विराट भण्डारीले समान दुई – दुई विकेट लिएका थिए । जवाफी ब्याटिङ गरेको शंकरनगरले १ विकेटको क्षतिमा ८ ओभर खेल्दै ६८ रन बनाउदै जित निकालेको थियोे । शंकरनगरको जीतमा विराट भण्डारीले ४१ आशिष् खत्रीले ८ र विशाल विक्रम के.सिले १२ रन जोडेका थिए भने बलिङमा गोर्खाका हेमन्त वलिले १ विकेट लिएका थिए । आजको खेलमा जगत म्यान अफ द म्याच भई पुरस्कृत भएका छन् । शुक्रबार न्यु होराइजन क्रिकेट क्लब र मेलबर्न क्रिकेट क्लब बीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका सचिव संजय गुरुङले बताउनुभयाे ।
प्रकाशित मिति : बिहिबार, फाल्गुन १९ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्