काठमाण्डाै – यूएईमा हुने आईसीसी विश्व कप क्रिकेट लिग टु मा सहभागी हुने नेपाली राष्ट्रिय क्रिकेट टोली आज बिहान श्रीलङ्का जाँदैछ ।
विश्व कप क्रिकेट लिग टु मा सहभागी हुनुभन्दा अगाडि नेपालले श्रीलङ्कामा अभ्यास खेल खेल्नेछ । श्रीलङ्कामा नेपालले पहिलो श्रेणीका टोलीसँग चार वटा अभ्यास खेल खेल्ने भएको हो । नेपाल, श्रीलङ्काबाटै मार्च १४ मा यूएई जाने कार्यक्रम छ ।
त्रिदेशीय श्रृङ्खलाका लागि नेपालबाट १६ खेलाडीलाई अन्तिम सूचीमा राखिएको छ । नेपालले एक दिवसीय श्रृङ्खलामा यूएई र पपुवा न्यु गिनी (पीएनजी) सँग खेल्नेछ । लिग टु मा नेपालसहित ७ टोली सहभागी छन् ।
नेपालको राष्ट्रिय टोलीमा कप्तान सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आशिफ शेख, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, पवन सराफ, करण केसी, विनोद भण्डारी, रोहित पौडेल, सोमपाल कामी, विक्रम सोब र भीम शार्की छन् । टोलीलाई हिजो नेपाल क्रिकेट सङ्घ क्यानले बिदाइ गरेको छ ।
प्रकाशित मिति : शनिबार, फाल्गुन २१ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्