बुटवल -सुनचाँदी व्यवसायीले सुन आयातको कोटा बढाउन सरकारलाई आग्रह गरेका छन् । विदेशी विनिमय सञ्चिती गर्ने नाममा सरकारले सुनको कोटा घटाउँदा व्यवसायीहरु पसल बन्द गर्नु पर्ने अवस्थामा पुगेको उनीहरुले बताएका हुन ।सोमबार बुटवलमा सम्पन्न रुपन्देही सुनचाँदी व्यवसायी संघको छैठो साधारण सभामा बोल्दै व्यवसायीले यस्तो धारणा राखेका हुन्।
कार्यक्रममा बोल्दै नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मनिकरत्न शाक्यले महासंघ सम्पूर्ण सुनचाँदी व्यवसायीहरुको अभिभावक संघ भएकाले संघ व्यवसायीहरुको सुखदुःखमा साथमा रहने बताए ।
महासंघका अध्यक्ष शाक्यले २०६६ सालदेखि दैनिक १० किलोका दरले कोटा प्राणली लागू भएको भए पनि अहिलेसम्म आइपुग्दा २० केजी मात्र कोटा हुनु उचित नभएको बताउँछन् । उनी भन्छन्, नेपालको जनसंख्या र बढ्दो सहरीकरण, अर्थतन्त्रको विकासका कारणले पनि अहिलेको कोटा पर्याप्त छैन, अहिलेको माग ३० केजी हो । सिजनमा भने यसको माग ४० केजीभन्दा बढी रहेको छ । यसलाई सरकारले चाँडै सम्बोधन गर्नुपर्ने कुरामा महासंघले पहल गरिरहेको बताए । व्यवसायीहरूले व्यवसाय गर्छु भन्दा पनि उनीहरूको व्यवसायमा नियन्त्रण गर्नु उचित नभएकोमा जोड दिए ।
व्यवसायीहरूको कच्चापदार्थको रूपमा रहेको सुनको आयत कम रहेकाले आयतको मात्र बढाउन सरकारसँग अपिल गर्ने बताए । साथै अब छिट्टै सरकारद्वारा सुनचाँदी खरिद बिक्री निर्देशिका बनाउने कार्य सम्पन्न हुन लागेको जनाउँदै सम्पूर्ण व्यवसायीहरूले ग्राहक हितमा रहेर ब्यवसाय गर्न आग्रह समेत गरेका छन् ।
नापतौल तथा गुणस्तर क्षेत्रीय कार्यालय बुटवलका प्रमुख शम्भु कुमार झाले ब्यवसायीले कुनै पनि गुनासो नगर्ने गरी काम गरिरहेको बताएका छन् । व्यवसाय संचालन गर्न जति सहज छ त्यो भन्दा बढि जोखिम र सम्बेदनशिल भएकाले नियतवस गल्ती कमजोरी नगर्न ब्यवसायीहरुलाई आग्रह गरे । उनले ब्यवसायी मैत्री वातावरण निर्माण गरेर काम गर्ने भन्दै ब्यवसायीहरुले पनि नियम कानुनको पालना गर्दै उपभोक्ता मैत्री वातावरण वनाउनुपर्नेमा जोड दिए ।
संघका अध्यक्ष रामकिसन विश्वकर्माले हाल सरकारले उपलब्ध गराउँदै आएको सुनले बजारको माग धान्न नसकेको बताउदै सुनचाँदी व्यवसाय सहज रुपमा सञ्चालन हुनको लागि गरगहना निर्माणको लागि आवश्यक पर्ने सुनचाँदीको उपलब्धता प्रयाप्त र सहज हुन जरुरी रहेको बताए ।
कार्यक्रममा सुनचाँदी बिज्ञ परामर्श समिति संयोजक प्रेम कुमार सेन्चुरी, सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष जोगलाल विश्वकर्मा,नेपाल सुनचाँदी ब्यवसायी महासघका सदस्य एम.बि.बिश्वकर्मा , सुनचाँदी व्यवसायी संघ लुम्बिनी प्रदेशका सचिव डिल बहादुर खाती,सल्लाहकार ज्योतीलाल बिक,डम्बरलाल रामदाम सुरेशरत्न बज्राचमर्य , बुटवल सुनचाँदी व्यवसायी संघ अध्यक्ष गोकुल बिक ,सिद्दार्थ नगर सुनचाँदी व्यवसायी संघ अध्यक्ष प्रकाश मणि बिक लगायतले बोल्दै सुनचाँदी व्यवसाय अति सम्वेदन शिल व्यवसाय भएकाले राज्यले सुरक्षा दिनुपर्ने व्यवसायीहरुलाई आवश्यक पर्ने सुन सहज उपल्वध गराउनुपर्ने बताएका छन .साधारणसभामो अध्यक्षको प्रतिबेदन, सचिबको प्रतिबेदन र कोषाध्यक्षको आर्थिक प्रतिबेदन समेत पारित भएको थियो । कार्यक्रम रुपन्देही सुनचाँदी व्यवसायी संघका अध्यक्ष राम किशन बिकको अध्यक्षता, बरिष्ठ उपाध्यक्ष यसरत्न बज्राचार्य को स्वागत र महासचिब सिताराम रसाइलीको संचालनमा सम्पन्न भएको थियो ।
प्रकाशित मिति : सोमबार, फाल्गुन ३० २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्