थप २४ जनामा कोरोना संक्रमण, ५१ जना निको

थप २४ जनामा कोरोना संक्रमण, ५१ जना निको

 

काठमाडौं ।

पछिल्लो २४ घण्टामा थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्यु भएको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २७८ जनाको पीसीआर परीक्षण गर्दामा २१ जना र २ हजार ३०९ जनाको एन्टीजेन परीक्षण गर्दा ३ जना गरी २४ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट ५१ जना निको भएका छन् भने हाल देशभर ८१२ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ७७१ जना होम आइसोलेसनमा रहेका छन् भने ४१ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
कोरोनाका बिरामीमध्ये १५ जना आईसीयू र २ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ६७२ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६५ हजार ७६५ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै १० वर्ष मुनिका १ जना बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका कसैमा पनि कवरुोना संक्रमण देखिएको छैन ।

प्रकाशित मिति : मंगलबार, चैत्र २२ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij