काठमाडौं – पछिल्लो २४ घन्टामा देशभरि १० जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ४ हजार ६ सय ९१ जनामा गरिएको परीक्षणमा १० जना संक्रमित भेटिएका हुन्।
आज ३४ जना संक्रमणमुक्त भएका छन् भने २४ घन्टा संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ। हाल देशभरि जम्मा ६ जना संक्रमित आइसियू र भेन्टिलेटरमा उपचार गराइरहेका छन्।
मन्त्रालयको विवरणअनुसार हाल देशभरि ३ सय ५० जना मात्र सक्रिय संक्रमित रहेका छन् भने काठमाडौं उपत्यकामा जम्मा ४५ जना सक्रिय संक्रमित रहेका छन्। हाल २० वटा जिल्ला कोरोना संक्रमणमुक्त भएका छन्।
प्रकाशित मिति : सोमबार, बैशाख ५ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्