JanataToday.com

Advertisment

SKIP THIS

दोस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको मेन्स सिंगलतर्फको उपाधी प्रिन्स दाहाल र महिलातर्फको आर्मीकी रसिलाको पोल्टामा

दोस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको मेन्स सिंगलतर्फको उपाधी प्रिन्स दाहाल र महिलातर्फको आर्मीकी रसिलाको पोल्टामा

 

बुटवल

बुटवल व्याटमिन्टन क्लवद्धारा आयोजित दोस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको मेन्स सिंगलतर्फको उपाधी बीरगंज एग्रोका प्रिन्स दाहाल र महिलातर्फको आर्मीकी रसिला महर्जनले जितेका छन । प्रिन्सले आर्मीका प्रफुल्ल महर्जनलाई २ एकको सेटले पछाडी पादैं उपाधी रक्षा गरेका हुन । त्यस्तै रसिलाले सशष्त्र प्रहरीकी जेसिका गुरुङलाई उपविजेतामा रोक्दै महिलाको उपाधी चुमेकी हुन । आज भएको भेट्रान्स ४५ वर्षमाथि समू्हबाट कास्कीका नरबहादुर गुरुङ र शम्भुकुमार श्रेष्ठको जोडीले सोझो सेटमा उपाधी जितेको हो । आरसी काठमाडौं डाउनटाउनका श्याम पराजुली र नवीनबाबु श्रेष्ठको जोडीलाई कास्कीका नरबहादुर शम्भुकुमारले हराउदै उपाधी चुमेका हुन । यस्तै भेट्रान्स ५५ वर्षमाथिकोमा कैलालीका शुरेश बम र विष्णुलाल श्रेष्ठको जोडीले २ एकको सेटमा उपाधी रक्षा गरेको हो । शुरेश र विष्णुलालले चितवनका बुद्धि चौधरी र मनोजकुमार श्रेष्ठको जोडीलाई हराएको हो ।यस्तै मेन्स डबलतर्फको उपाधि आर्मीका प्रफुल्ल महर्जन र रुकेश महर्जनको जोडीले चुमेको छ । उनिहरुले एपएिफका दीपेश धामी र बिजित थापामगरको जोडीलाई उपविजेतामा रोक्दै उपाधि रक्षा गरेका हुन । प्रतियोगितामा विजेता उपविजेताहरुलाई नेपाल व्याडमिन्टन संघका केन्द्रिय अध्यक्ष रामजी बहादुर श्रेष्ठ र बुटवल व्याटमिन्टन क्लवका अध्यक्ष गोपाल टण्डनले पुरस्कार मेडल तथा प्रमाणपत्र प्रदान गर्नु भएको कार्यक्रम संयोजक शम्भु भट्रराईले बताउनु भयो । ४ दिन सम्म संचालित प्रतियोगितामा विभागीग टीम सहित राष्ट्रिय स्तरका ९२ टीमको सहभागिता रहेको क्लवका सचिव भरत रानाले बताउनु भयो ।

 

प्रकाशित मिति : शनिबार, बैशाख १० २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij