JanataToday.com

Advertisment

SKIP THIS

आचारसंहिता पलानामा संचारकर्मीहरुको प्रतिवद्धता

आचारसंहिता पलानामा संचारकर्मीहरुको प्रतिवद्धता

बुटवल – स्थानीय तहको निर्वाचन लक्षित गरी लम्बिनी प्रदेशको मुकाम बुटवलमा मिडिया आचारसहिंताका विषयमा संवाद गरिएको छ । लुम्बिनी प्रदेश स्तरीय संवाद समूहको आयोजना भएको उक्त संवाद कार्यक्रममा सहभागिहरुले आचारंिहिता पालनामा प्रतिवद्धता जनाएका छन् । यस क्षेत्रका अगुवा पत्रकारहरुको सहभागितामा भएको संवाद तथा छलफल कार्यक्रममा रुपन्देहीका प्रमुख निर्वाचन अधिकृत धनसिंह महरले निर्वाचन आचारसहिंता पालना गर्न मिडियाकर्मी र अन्य सबै पक्षलाई आग्रह गर्नुभयो । उहांले निष्पक्ष र धादलिरहित स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने दायित्व सबैको भएको बताउंदै निर्वाचन सम्पन्न गर्नका लागि सहयोगका लागि मिडियाकर्मीहरुलाई आग्रह गर्नुभयो । निर्वाचन आयोग मिडियाकर्मीहरुसंग सहकार्य गर्न तयार रहेको बताउंदै मिडियाको साथ सहयोग चाहिने बताउनुभयो । कर्मचारी र श्रोतसाधनको कमी भएपनि सूचनाको पहुंचलाई सहज बनाउने प्रतिवद्वता जनाउनुभयो । मिडियाकर्मीप्रति कुनै आग्रह पूर्वाग्राही नराख्ने बताउंदै स्तरहिन र छाडा युटुबरहरुप्रति निर्वाचन आयोगले विश्वास नगर्ने बताउनुभयो । कार्यक्रममाा पत्रकारहरुले निर्वाचन आचारसहिंता उलंघन भएका घटनाहरु निर्वाचन आयोगले सार्वजनिक गर्नुपर्ने बताए । सो अवसरमा, महासंघका केन्द्रिय सदस्य भवानी पाण्डे, पत्रकार महासंघ रुपनदेही अध्यक्ष रामराज पोखरेल, सामुदायिक टेलिभिजनका अध्यक्ष दिनेश पाण्डे, नेपाल टेलिभिजन एशोसिएसनका प्रदेश अध्यक्ष विष्णु भुषाल , कान्तीपुर दैनिकका लुम्बिनी प्रदेश व्यूरो प्रमुख दिपेन्द्र वडुवाल, नयां पत्रीकाका व्योरो प्रमुख विष्णु घिमिरे, संचारिका समुह लुम्बिनीका महासचिव अमृता अनमोल, सेतोपाटि अनलाईनका भगवती पाण्डे, प्रेस युनियन रुपन्देही अध्यक्ष रेखा भुषाल, प्रेस चौचारी लुम्बिनी प्रदेशका महासचिव निरा गौतम, जिल्ला अध्यक्ष लक्ष्मण पौडेल, प्रगतीशिल पत्रकार सघका श्याम पोखरेल, खवरकुराका सम्पादक शरण कर्मचार्य, क्रियाशिल महिला पत्रकार संघका कल्पना तिवारी,ग्लोवल आवाजका एनवी कडेल लगायतले बोल्दै आचारसहिंता पालना गर्नुपर्नेमा जोड दिनुभएको थियो । सो अवसरमा संसदिय मामिला पत्रकार समाजका महासचिव सिपी खनालले बुटवलका दैनिक पत्रिकाहरुले पछिल्लो एक महिनामा प्रकाशित गरेका समाग्रिहरु त्यसको विष्लेषण रिर्पोट प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको सहजिकरण संवाद समुहका बुटवल सहजकर्ता बिक्रम खड्काले गर्नु भएको थियो ।

प्रकाशित मिति : शुक्रबार, बैशाख १६ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij