काठमाण्डाै – पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार दुई सय ११ जनाको नमुना परीक्षण गर्दा १५ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यही अवधिमा थप १३ जना निको भएका छन् । नेपालमा अहिले एक सय दुई जना सक्रिय सङ्क्रमित रहेका छन् । २४ घण्टामा सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोनाविरुद्धको खोप लगाएको विवरण प्राप्त नभएको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : सोमबार, जेष्ठ ३० २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्