दुबईबाट नेपाल आएका एक युवकमा मंकीपक्स भाइरस संक्रमणको आशंका

दुबईबाट नेपाल आएका एक युवकमा मंकीपक्स भाइरस संक्रमणको आशंका

काठमाडौं ।

नेपालमा पनि एक युवकलाई मंकीपक्स भाइरसको संक्रमण भएको आशंका गरिएको छ । मंकीपक्स भाइरस संक्रमणको आशंकामा एक युवकलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा निगरानीमा राखिएको हो । दुवईबाट आएका ती युवकमा मंकीपक्स भाइरसको संक्रमणसँग मिल्दो लक्षण देखिएपछि निगरानीमा राखिएको टेकु अस्पतालले जनाएको छ ।

आज दुबईबाट आएका २७ वर्षीय ती युवामा लगातार चार डिग्रीसम्म ज्वरो आएको थियो भने शरीर र हातमा राता फोका देखिएको थियो । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ । ती युवाको शरीर र हातमा आएको फोका मंकीपक्स हो वा होइन भनेर थाहा पाउनका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ‘नमूना’ पठाइएको सरुवारोग विशेषज्ञ शेरबहादुर पुनले बताए ।

प्रकाशित मिति : बिहिबार, असार २ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij