बुटवल । रुपन्देहीमा असार ११ गतेदेखि ५–११ वर्षका बालबालिकालाई फाइजर खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीले बिहीबार पत्रकार सम्मेलन गरी जिल्लाका १ लाख ४४ हजार ८ सय ५५ बालबालिकाका लागि फाइजर खोप लगाइने जानकारी दिएको हो ।
११ देखि १४ गतेसम्म जिल्लाका ५ र १५ देखि १८ सम्म बाँकी ११ वटा पालिकामा खोप लगाइने खोप अधिकृत भेषराज शर्माले जानकारी दिनु भयो । प्रथम चरणमा जिल्लाका तिलोत्तमा, देवदह नगरपालिका, लुम्बिनी सांस्कृतिक, रोहिणी र ओमसतिया गाउँपालिकामा र असार १५ देखि १८ गतेसम्म बाँकी बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर, सैनामैना नगरपालिका तथा शुद्धोधन, कन्चन, सियारी, कोटहीमाई, गैडहवा, मर्चवारी, सम्मरीमाई र मायादेवी, गाउँपालिकामा लगाइने स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
खोपका लागि ६६ वटा केन्द्र, १ हजार ५२ खोप कार्यकर्तासहित १ हजार ८ सय ९२ स्वयंसेवक खटिनेछन् । कार्यालयका अनुसार कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन कार्यनीतिअन्तर्गत १२ वर्ष वा सो भन्दा माथिका नागरिकहरुलाई पहिलो श्रृंखलाको छुट खोप र १८ वर्ष माथिका नागरिकहरुलाई बुस्टर मात्रा प्रदान गरिनेछ । बालबालिकालाई विद्यालयले तयारगरेको कक्षागत सूचि,नामावली वा विद्यालयले उपलब्ध गराएको परिचय पत्र,विद्यालयमा सूचिकृत नभएका वालवालिकाहरुका लागि उमेर खुल्ने परिचय पत्र वा निजको अभिभावकले स्वयम घोषणा गरेको उमेर वा जन्मदर्ताको आधारमा खोप दिइनेछ ।
खोप लगाउनेमध्ये केही बालबालिकामा जोखिमपूर्ण अवस्था देखिएमा खोप केन्द्रमै रहने गरी चिकित्सक सहितको विशेषज्ञ टोली खटाइने भन्दै शर्माले खोपले बिरामी पार्ने स्थितिमा अस्पताल लागी उपचार गरिने बताउनु भयो । १ खोप केन्द्रमा कम्तिमा १ जना खोप दिने स्वास्थ्यकर्मी,प्रत्येक खोपकेन्द्रमा २ जना स्वयमसेवक (कम्तिमा १ जना महिला अनिवार्य),प्रत्येक स्वास्थ्य संस्थाकाट खोप केन्द्रमा ए.ई.एफ.आई अनुगमनको लागि १ जना तोकिएको स्वास्थ्यकर्मी रहने स्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, असार ९ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्