JanataToday.com

Advertisment

SKIP THIS

प्रथम मिडिया कप डोरीतान प्रतियोगिताको उपाधि राज्य टेलिभिजनलाई

प्रथम मिडिया कप डोरीतान प्रतियोगिताको उपाधि राज्य टेलिभिजनलाई

बुटवल – प्रथम मिडिया कप डोरीतान प्रतियोगिताको उपाधि राज्य टेलिभिजनले जितेको छ । रुपन्देहीको सैनामैनामा सम्पन्न खेलमा साझ टेलिभिजनलाई ३-१ को सेटमा पराजित गराउदै राज्य टेलिभिजनले जितेको हो । जितसगै राज्य टेलिभिजनले नगद १५ हजार, शिल र प्रमाणपत्र पाएको छ भने साझा टेलिभिजनले नगद १० हजार, शिल र प्रमाणपत्रमा चित बुझाएको छ ।

प्रतियोगिताको एक कार्यक्रमका बिच सैनामैना नगरपालिका प्रमुख फडेन्द्र शर्माले उद्घाटन गरेको थिए । कार्यक्रममा बोल्दै उनले मिडियाकर्मीहरु बिच हुने यस प्रकारका खेलले सन्चारकर्मी बिच आत्मियता बढ्ने बताए । साथै नगरपालिका आवश्यक सहयोग गर्नका लागि तयार रहेको बताए । ।

प्रतियोगितामा १० टिमको सहभागीता रहेको थियो । रुपन्देहीमा रहेका संचारगृहहरुबीच परस्पर सम्बन्ध र संचारकर्मीहरुबीच भेटघाट तथा रमाइलोको लागि प्रतियोगिताको आयोजना गरेको बताउँदै भव्यताका सफल भएको प्रतियोगिताका संयोजक दीपक न्यौपानेले बताए ।

कार्यक्रम आयोजक सवल नेपाल मिडिया प्रालिका अध्यक्ष अमृत पाण्डेयको अध्यक्षता, सैनामैना नगरपालिका प्रमुख फणिन्द्र शर्माको प्रमुख आतिथ्यता, उपप्रमुख बिना राना र मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय अध्यक्ष गोविन्द खनालको विशिस्ट आतिथ्यता पत्रकार सुरेश परियारको संचालनमा भएको थियो ।प्रतियोगिता सबल नेपाल मिडियाले आयोजना र सैनामैना नगरपालिकाको संरक्षकत्वमा सम्पन भएको थियो ।

प्रकाशित मिति : शनिबार, असार ११ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij